कास्की, पोखरा महानगरपालिका-४ रामकृष्ण टोलबाट नियन्त्रित लागूऔषध १ सय १३ एम्पुल डाईजापाम, १ सय १३ एम्पुल फेनेरागन, १ सय १३ एम्पुल ब्रुपिनूर्फिन र २ थान मोबाईल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-४ रामकृष्णटोल बस्ने ३३ वर्षीय कुमार श्रेष्ठ र कास्की पोखरा महानगरपालिका-४ रामकृष्ण टोल बस्ने भक्तपुर घर भएका ४५ वर्षीय लक्ष्मी कृष्ण भासिमा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपलिका-७ शनिमन्दिर परिसरबाट १३ ग्राम खैरो हेरोईन जस्तो पदार्थ सहित सोही महानगरपालिका-१७ बस्ने २७ वर्षीय लद्दीफुल मियाँलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले पैदलयात्री मियाँलाई जाँच गर्दा उनको साथमा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-५ बाट करिब ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-५ बस्ने ४० वर्षीय रुपेश साह लगायत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी भट्टाचोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।





















प्रतिक्रिया