रुपन्देहीको तिलोतमा नगरपालिका-१ शान्तिनगर चौपारीस्थित दिनानाथ खनालको घर भाडामा लिई बस्ने रहमद खानको कोठामा भन्सार छलि ल्याई राखेको करिब १४ लाख रुपैयाँ बराबरको कपडाहरु र काठ टल्काउन प्रयोग हुने कच्चा पदार्थ गएराति प्रहरीले बरामद गरेको छ ।
रहमद खानले भन्सार छली गरी सामान ल्याई लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
हाल फरार रहमदको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया