नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज मंगलबार १६ सय ७१ जनाले शेयर कारोबार गरेको जनाएको छ । जस मध्ये ५२.९० अर्थात् ८ सय ८४ जनाले अनलाइन मार्फत कारोबार गरेका छन् ।
नेप्सेका अनुसार हालसम्म २७ हजार १ सय १ जनाले अनलाइन कारोबारको लागि युजर आईडी र पासवर्ड लिएका छन् ।
आज १ लाख ६ हजार ४ सय १२ कित्ता शेयर खरिद बिक्रि भई १० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । २ घण्टाको लागि बजार खुला गरिएको भएपनि १ घण्टा २४ मिनेट मै नेगेटिभ सर्किट लागेपछि बजार निर्धारित समय अगावै बन्द भएको छ ।






















प्रतिक्रिया