सहारा विकास बैंकले बोलपत्र आज खोल्ने भएको छ । कम्पनीले एनआइबिएल एस कयापिटल लाजिम्पाट, काठमाडौंमा दिउँसो २ः३० बजे बोलपत्र खोल्न लागेको हो ।
कम्पनीले ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर साउन ३० गतेदेखि भदौ २३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो । सो अवधि भित्र प्राप्त भएका बोलपत्रहरु कोरोना महामारीमा मानिसको स्वस्थयलाई ध्यानमा राख्दै एनआईबिएल एस क्यापिटलको फेसबुक लाइभ मार्फत खोलिने कम्पनीले बताएको छ ।




















प्रतिक्रिया