Logo

मधेश प्रदेश

मेयर सरावगीको तेजोबोध गर्न सांसद प्रदिप यादवले लगाए न्वारनदेखिको बल



हुन् त जसको खायो उसैको जुँगा मोल्ने भन्ने उखान पुरानै हो । मानिसमा यस्तो चरित्र हुन्थेन भने सायद बुढापाकाले यस्तो उखान बनाउँने पनि थिएनन् होला । मानिसले आफू स्थापित हुनको लागि आफू भन्दा माथि रहेको मान्छेको जति पनि पाउ मोल्न तयार हुन्छ अनि कसैको दयाको भिखबाट स्थापित बनेको मान्छे आखिर आफ्नो असली रुप त देखाएरै छोड्छ । यस्तो चरित्र मानिसले अरुभन्दा बढी राजनीतिमा देखाउँने गर्छ र पछिल्लो समय माथि उल्लेखित शब्दावलीको उदाहरण बनेका छन् सांसद प्रदिप यादव ।

पर्साको क्षेत्र नं. १ बाट निर्वाचित हुनु भन्दा अगाडि यादवको हैसियत पुराना सिसी, बोत्तल र कागज लगायतका सामाग्री बटुल्ने बाहेक अर्को थिएन । उनी हरेक दिन बिरगंज आसपासका टोल गल्लीहरुमा यस्ता सामाग्री बटुल्न भौतारिने गर्थे र त्यही सामाग्री बेचेर आफ्नो पेट भर्थे । कवाडी सामान बटुल्न टोलमा हिड्दा ठुला ठुला महलहरु देखेपछि उनको मन लोभिन्थ्यो । हुन् त मेहनत गरेर सडकका मान्छे महलमा पुगेका उदाहरणहरु समाजमा प्रसस्तै होलान् तर प्रदिप यादवले मेहनततिर आफ्नो ध्यान लगाएनन् ।

बरु कसलाई प्रयोग गरेर ऐस आरामको बिलासितापूर्ण जिन्दगी बनाउँन सकिएला भनेर तानाबाना बुन्न थाले । यसै क्रममा उनको भेट बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगीसँग हुन पुग्यो । सरावगी मेयर हुनु भन्दा अगाडि नै बिभिन्न व्यक्तिहरुको तलुवा चाटेर चिनजानको हैसियत बनाएको यादवले त्यही माध्यमबाट राजनीतिमा फड्को मार्ने योजना बनाए अनि उनको दैनिकी पुराना सिसी बोतल बटुल्नेबाट बदलिएर मेयर सरावगीको वरिपरि दौडिनेमा बदलियो ।

आफ्नो चतुर एवम धुर्त स्वभावबाट मेयर सरावगीको संगतमा पुगेका यादवले आफू साँसदको उम्मेदवार बन्न अति धेरै पापड बेलेको उनको नजिककै व्यक्तिहरु बताउँने गर्छन् । पहिलेदेखि नै फटाहा स्वभावका भएता पनि जिम्मेवार ठाउँमा पुग्न सक्दा आफ्नो मति सुधार्लान् भनेर यादवलाई सांसद बनाउँनको लागि मेयर सरावगीले महत्वपूर्ण भूमिका खेले ।

चोरलाई नै साँचो बुझाए उ सुध्रिन्छ भन्ने त उखान नेपाली समाजमा प्रचलित रहेको छ । मेयर सरावगीले पनि यही गरे । फलत: यादव तत्कालीन समाजवादी फोरमबाट सांसद पदको उम्मेदवार बने । उम्मेदवार बन्दैमा चुनाव जित्न त्यति सजिलो थिएन । यो अवस्था बुझेका मेयर सरावगीले यादवलाई जिताउँनको लागि आफ्नो लोकप्रियता नै दाउमा लगाएपछि भने आफ्नो श्रीमती पिंकी यादवलाई उपमेयरमा बिजयी गराउँन असफल प्रदिप यादव सांसदमा बिजयी बने ।

शिव भगवानले श्रृजना गरेका भस्मासुरले उनैलाई सिध्याउँन खोजेको पौराणिक कथा त हामीले देखेकै हो तथापी मानवमा यतिसम्मको हर्कत नहुनु पर्ने हो । तर प्रदिप यादव पहिले भन्दा महाधुर्त बनेर निस्किए । आफू शक्तिमा पुगेपछि सांसद यादव तीनै मेयर बिजय सरावगीको तोजोबोध गर्न लागे । सांसद बनेपछि प्राय काठमाडौंमै रहने यादव आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई चिन्न रुचाउँदैनन् । अत्यन्त न्युन र टिठ लाग्दो जिन्दगीबाट सदनसम्म पुगेका यादवको लागि मतदाताहरुको समस्या कहिल्यै पनि दायित्वभित्र पर्न नसकेको आम जनताकाे गुनासो रहेको छ ।

विभिन्न संकटका समयमा र अरु समयमा समेत आफ्नो निर्वाचन क्षेत्रका वडा कार्यालयहरु मार्फत चर्को रकम असुल्न दवाब दिने गरेका सांसद यादवले माग बमोजिमको रकम नपाएपछि स्थानीय जनप्रतिनिधिहरुको बिरुद्ध डटेर लागि परेको एक जनप्रतिनिधिले नाम नछाप्ने शर्तमा बताए । पछिल्लो समय देश महामारीको गम्भीर संकटमा परेको बेला पनि उनले आफ्नो दायित्व सम्झेका छैनन् बरु बिरगंज महानगरपािलकका मेयरको खोईरो खन्न लागि परेका छन् । यसको पछिल्लो उदाहरण उनले संघीय संसदमा बोलेका शब्दहरुबाट स्पस्ट हुन आउँछ । सांसद यादवका गतिविधिको एक एक हिसाव राख्ने उनका मतदाताहरु नै उनको टिप्पणीबाट निरास छन् ।

केही दिन अगाडि मात्र सांसद यादवले संसदमा आफ्नो मन्तव्य राख्ने क्रममा बिरगंज महानगरपालिकाले स्थानीयहरुसँग चन्दा उठाएको भनेर भ्रम छर्ने काम गरेको चर्चाले यतिबेला बिरगंज अत्यन्त गर्माएको छ । हाम्रै मतबाट जितेको यादवले सांसद बन्दा पनि आफ्नो बिगतको झुट बोल्ने र भ्रम छर्ने चरित्र नसुधारेको गुनासो स्थानीयको छ ।

बिस्वस्त श्रोतले दिएको जानकारी अनुसार कोरोना भाईरसको महामारी फैलिएपछि उक्त क्षेत्रमा स्थानीयहरुले नै स्वतस्फुर्त रुपमा राहत कोषमा रकम जम्मा गर्ने गरेका छन् तर महानगर वा कुनै निकायले रकम उठाउँने गरेको छैन । भ्रम छरेर जनताको मत पाएका यादवले अर्को भ्रम छरेर स्थानीयलाई नै चिढ्याउँने काम गरेकोले उनी आउँदा दिनमा सांसद त परकै कुरा वडा सदस्यको उम्मेदवार बन्न पनि योग्य नरहने उनकै मतदाताहरुले चेतावनी दिन थालेका छन् ।

जसको जौ खायो उसैको जुङ्गा मोठ्दै प्रदीप यादव, मेयर सरावगीको बदनाम गर्न नसकेपछि नीद हराम

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।