Logo

uncategorized

लघुवित्त क्षेत्रको हालसम्मकै सबै भन्दा ठुलो आइपीओ निष्कासन गर्दै एनआइसी एसिया लघुवित्त



लघुवित्त वित्त क्षेत्रको हालसम्मकै सबै भन्दा ठुलो आइपीओ निष्कासन प्रक्रियामा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ असार १० गतेबाट निष्कासन खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँको दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला राख्ने कम्पनीले जनाएको छ ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल गर्नेछ । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलवार १३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।