लघुवित्त वित्त क्षेत्रको हालसम्मकै सबै भन्दा ठुलो आइपीओ निष्कासन प्रक्रियामा रहेको एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको ४७ करोड ५५ लाख बराबरको आइपीओ असार १० गतेबाट निष्कासन खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँको दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो । यस आइपीओमा लगानीकर्ताले असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा सबै बिक्री नभएमा ढिलोमा असार २४ गतेसम्म बिक्री खुला राख्ने कम्पनीले जनाएको छ ।
यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । हालसम्म कुनै पनि लघुवित्त कम्पनीहरुले यति धेरै रकम बराबरको आइपीओ निष्कासन गरेका छैनन् । यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल गर्नेछ । हाल यस संस्थाको चुक्ता पुँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा यसले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।





















प्रतिक्रिया