Logo

सुरक्षा/अपराध

कटुवा पेस्तोल र गोली सहित पक्राउ



रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका-५ झाजपुलबाट १ थान कटुवा पेस्तोल र थ्रिनटथ्री राईफलको १ राउण्ड गोली सहित यमुनामाई गाउँपालिका-४ बस्ने २५ वर्षीय दिलिप शाहलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा बिआर ३० एम ४८४१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्दा मोटरसाइकल चालक शाहले कम्मरमा राखेको अवस्थामा उक्त हतियार फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १२:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।