Logo

अर्थ

विरुवा उत्पादन गर्न २६ करोड रुपैयाँ सहयोग



तनहुँ जिल्लाको ऋषिङ्गाउँपालिका–१ झापुटारस्थित निर्माणधीन तनहुँ जलविद्युत परियोजनाद्वारा विरुवा उत्पादन गर्न डिभिजन वन कार्यालयलाई रु.२६ करोड आर्थिक सहयोग गरेको छ । करिव ४१७ हेक्टर वन क्षेत्र सो परियोजनाको जलाशयले डुवानमा पार्ने र एक लाख ८१ हजार विरुवा कटान गर्नुपर्ने जनाइएको छ । हुँदा त्यस बापतको क्षतिपूर्ति स्वरुप उक्त रकम सहयोग गरेको हो । छुट्टै वृक्षरोपण गर्न साथै २५ गुणाले विरुवा उत्पादन गर्ने उद्देश्यले परियोजनाले सो आर्थिक सहयोग गरेको हो ।

तीन हजार दुई सय चौवन्न हेक्टर क्षेत्रफलमा रोप्न पुग्ने विरुवा उत्पादन गर्न परियोजनाले आर्थिक सहयोग गरेको कार्यालका सहायक वन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए । परियोजनाले सहयोग गरेको सो रकम मध्ये हाल रु.दुई करोड बराबर खर्च भएको छ ।उनले भने,“यसबर्ष परियोजनाको नौ लाख र गण्डकी प्रदेश सरकारको रु.एक लाख गरी रु. दश लाखको लागतमा विरुवा उत्पादन गरिएको हो ।”
सो रकमले सात वर्षको अवधिसम्म जिल्लामा करिव ५४ लाख विरुवा उत्पादन गर्ने योजना रहेको छ । हेर्दा वनजस्तो देखिने तर आयआर्जन नदिने क्षेत्रमा फडानी गरेर बृक्षरोपण गर्नका लागि दुई पक्षीय सहमति भएको जनाइएको छ ।

तेजपात खेतीलाई जिल्लामा पकेट क्षेत्रका रुपमा विकसित गरिने भएको छ । गत वर्ष जिल्लामा जडीवुटी विकास कार्यक्रम र वन विभागको रकमबाट करिब ३० हेक्टर सरकारी जग्गामा तेजपातका विरुवा लगाइएको डिभिजन वन कार्यालयले जनाएको छ । कृषकलाई तेजपातको विरुवा वितरण गरि पकेट क्षेत्र वनाउँन लागिएको हो ।

सो कार्यालयले गतवर्ष रु.२० लाख सहयोग गरी जिल्लाको शुक्लागण्डकी कृषि पर्यटन सहकारी संस्थाले तेजपात प्रशोधन गर्ने मेशिन खरिद गरी ल्याएको डिभिजन वन अधिकृत केदार बरालले जानकारी दिएका छन् । तेजपातलाई प्रशोधन गरी त्यसबाट तेल निकाल्ने परीक्षण उत्पादन सम्पन्न भएको र अब व्यपारी उत्पादनको लागि तयारी भइरहेको उनले बताए । यसको तेलबाट टुथपेष्ट र मसाज तेललगायतका औषधिजन्य वस्तु उत्पादन गर्न सकिने जनाइएको छ ।

म्याग्दे गाउँपालिकामा एक लाख, शुक्लागण्डकी नगरपालिकामा एक लाख विरुवा उत्पादन गरी लगाउने कार्य भइरहेको छ । त्यसैगरी, बन्दिपुर गाउँपालिकामा एनजिओ नेटवर्कले डिभिजन वन कार्यालयमार्फत विरुवा लगेर सामुदायिक वनमा रोपाएको छ । एक÷दुई वर्षपछि बन्दिपुर गाउँपालिकासमेतमा प्रशोधन मेशिन आवश्यक पर्ने देखिएको उनले जानकारि दिए ।

डिभिजन वन कार्यालयले शुक्रबारसम्म करिब डेढ लाख विरुवा वितरण गरेको छ । निबुवा, कागती, आप, लिची गरी २६ हजार फलफूल र अन्य चाप, बडहर, बकाइनो, अशोकालगायतका गरी डेढ लाख विरुवा वितरण गरेको हो । यसवर्ष दश लाख विरुवा उत्पादन गरेसँगै तयारी अवस्थामा रहेका विरुवा बितरण कार्य थालिएको कार्यालयले जनाएको छ । जिल्लाभित्र रहेका झाडी वनलाई हटाएर उत्पादनशील वन वनाउने उद्देश्यले विरुवा उत्पादन गरेको हो । उहाँले भन्नुभयो “पशुपालन तथा मौरी पालन पेशालाई आयआर्जनमा सहज वनाउन र बाँझो जग्गा नराख्ने अभियान अन्र्तगत विरुवा बितरण गर्ने गरिएको हो ।”

कार्यालयले परिसरको नर्सरीमा दुई लाख २५ हजार विरुवा उत्पादन गरेको छ भने जिल्लामा रहेका आठ सब डिभिजनले आआफ्नो क्षमता अनुरुप विरुवा उत्पादन गरेको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।