नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले पार्टी नेतामााथि सांघातिक आक्रमण भएको भन्दै सरकारसंग कारवाहीको माग गरेका छन् ।
नेकपाका रौतहट जिल्ला कमिटी सदस्य रहेका गरुडा निवासी विजय साहमाथि शुक्रवार राति ज्यान मार्ने उद्देश्यले सुनियोजित रुपमा आक्रमण भएको थियो ।
उनी महमदपुरबाट घर आउदै गर्दा हमला भएको थियो । उक्त घटनामा उनी गम्भीर घाइते भएका हुन् । पछिल्लो समय रौतहटसहित प्रदेश नम्बर २ का नेकपा नेताहरूमाथि सांघातिक आक्रमण बढेको भन्दै अध्यक्ष साहले गृह प्रशासनको लापरबाहीप्रति आपत्ति जनाएका छन् ।
यसअघि नेकपा जिल्ला सदस्य तथा गरुडा नगर कमिटी सचिव रामबाबु चौधरीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण हुनुको साथै उनले संचालन गरेको इट्टा उद्योगमा तोडफोड समेत गरिएको थियो ।
प्रहरीले अहिलेसम्म उक्त घटनामा कुनै किसिमको कारवाही प्रक्रिया अगाडि नबढाएकोमा दुख व्यक्त गरिएको छ ।
















प्रतिक्रिया