असार आधासम्म देशभर ४ लाख ६ हजार ६ सय ६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । कुल धान रोपाइँ हुने १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलको ३५।४८ प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष साविक अवधिमा २०।७३ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको हो । गत वर्ष असार १५ गतेसम्म १४।७५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो ।
असार १५ गतेसम्म सबै भन्दा धेरै ४९।५४ प्रतिशत धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ । यस्तै कर्णाली प्रदेशमा ४९।१५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
प्रदेश नम्बर एकमा २१।८०, प्रदेश दुईमा २९।०२, बागमती प्रदेशमा ३६।२२ तथा गण्डकी प्रदेशमा ३५।६६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
यस वर्ष असार १५ गतेसम्म उच्च पहाडमा ४०।७२, मध्य पहाडमा ३७।९५ र तराईको ३४।३४ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ ।





















प्रतिक्रिया