सुनको भाउ आज पनि घटेको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ९० हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जानकारि दिएको छ । बिहीबार यसको भाउ प्रतितोला ९१ हजार रुपैयाँ थियो ।
यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले नै घटेर ९० हजार ६५ रुपैयाँमा झरेको छ । यता, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ९ सय ४० रुपैयाँमा झरेको छ । बिहीबार यसको भाउ प्रतितोला ९ सय ५० रुपैयाँ थियो ।
नेपाली बजारमा सुनको भाउ दिनहुँ घटबढ हुँनुको कारण विश्व महामारिको रुपमा फैलिएको कोरोना भाइरसलाई लिइएको छ । यस भाइरसको कारण विश्व भरिका मानिसहरुले लगानीको सुरक्षित क्षेत्रको रुपमा सुनलाई रोजेका छन् । जसको कारण नेपाली बजारमा पनि सुनको भाउ दैनिक घटबढ् भैरहेको छ । नेपालमा सुन–चाँदीको मूल्य अन्तराष्ट्रिय बजारको मूल्य आधारमा निर्धारण हुन्छ ।





















प्रतिक्रिया