गतहप्ता उतारचढावमा रहेको सेयर बजार विस्तारै सम्हालिने प्रयासमा रहेको छ । लकडाउनपछि खुलेको बजारमा ३ दिनसम्म निकै उतारचढावमा रहेको थियो तर पहिलो दुई दिन सकारात्मक सर्किट लागेर बढेको थियो । फेरि तेस्रो दिन नकारात्मक सर्किट लागेर बीचमै बजार रोकियाे त्यसको तुलनामा आइतबार बजार अलि परिपक्क देखिएको छ । नेप्से तलमाथि गरे पनि सर्किट लगाउनुपर्ने अवस्था भने आएन ।
लक डाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्रमा एग्रेसिभ हिसाबले लगानी भइहाल्ने अवस्था देखिंदैन । यसकारण पनि सबैभन्दा पहिला पैसा सेयर बजारमै आउने देखिन्छ । यसको सकारात्मक प्रभाव पनि बजार पर्नेछ । यसर्थ, आम लगानी कर्ताले आत्तिनु भन्दा पनि सुझबुझ र विवेकपूर्ण हिसाबले लगानी गर्नुपर्ने देखिन्छ । पेनिक लगानी कर्ताले बिक्री गरिसकेपछि बजार विस्तारै सम्हालिंदै जाने विश्लेषणहरुकाे भनाइ छ ।
आइतबार नेप्से परिसूचक ९.३५ अंकले बढेर १२६५.४५ बिन्दूमा पुगेको छ । आजकाे दिन १ अर्ब ३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २८ लाख ६ हजार ८९८ कित्ता सेयर खरिद बिक्री भएका छन् । सबैभन्दा धेरै नेपाल पूनर्बिमा कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै सूर्योदय लघुवित्तका लगानी कर्ताले कमाएका छन् ।





















प्रतिक्रिया