Logo

अर्थ

सुनको मूल्यमा सामान्य गिरावट



सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर ९० हजार २०० रुपैयाँमा झरेको छ । अघिल्लो दिन यसको भाउ प्रतितोला ९० हजार ५०० रुपैयाँ रहेको नेपाल सुन–चाँदी व्यवसाही महासंघले जानकारी दिएको छ । यस्तै, तेजावी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले घटेर ८९ हजार ७६५ रुपैयाँमा झरको छ ।

अघिल्लो दिन यसको मूल्य प्रतितोला ९० हजार ६५ रुपैयाँ थियो । यता, चाँदीको भाउ भने स्थिर छ । चाँदी आज प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार ११:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।