Logo

अर्थ

सोमबारको शेयर कारोबार उत्साहजनक



सोमबार शेयर बजार उत्साह जनक देखिएर बन्द भएको छ । लकडाउनपछि खुलेको बजारमा ३ दिनसम्म निकै उतारचढावमा रहेको थियो, तर पहिलो दुई दिन सकारात्मक सर्किट लागेर कारोबार बन्द भएको थियो । फेरि तेस्रो दिन नकारात्मक सर्किट लागेर बीचमै बजार रोकियो त्यसको तुलनामा आइतबार बजार अलि परिपक्क देखिएको थियो । नेप्सेमा घटबढ भए पनि बजार सक्रिय रुपमा समयसम्म चलेको छ । सोमबार पनि नेप्से परिपक्क रुपमा अगाडि बढेको छ ।

लगानीकर्ताहरु सजक भएर कारोबार गरेको पाइएको छ । अहिलेको समयमा अन्य व्यवसाय भन्दा मानिसहरु शेयर बजारमा आर्कशित भएका छन् । त्यसकारण पनि शेयर बजारमा उतारचढाब आउनु सामान्य भएको विश्लेषकहरुको दावि रहेको छ । यसर्थ, आम लगानी कर्ताले आत्तिनु भन्दा पनि सुझबुझ र विवेकपूर्ण हिसाबले लगानी गर्नुपर्ने देखिन्छ । पेनिक लगानी कर्ताले बिक्री गरिसकेपछि बजार विस्तारै सम्हालिंदै जाने विश्लेषणहरुको भनाइ छ ।

सोमबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ बिन्दूमा पुगेको छ । आज ९२ करोड ७८ लाख ४१ हजार ३२९ रुपैयाँको कारोबार भएको छ । २७ लाख ३१ हजार ४९८ कित्ता शेयर खरिद बिक्रि भएको छ । नेप्सेमा आज सबै भन्दा धेरै बैंकिङ क्षेत्रको कारोबार भएको छ र सबै भन्दा कम कारोबार हुनेमा म्यूचूअल फण्डहरु रहेका छन् । आज सबै भन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाका शेयरधनिहरुले कमाएका छन्, भने सबै भन्दा धेरै गुमाउनेमा राधि बिद्युत कम्पनी रहेको छ ।

 

 

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।