Logo

सुरक्षा/अपराध

विभिन्न हातहतियार सहित १ जना पक्राउ



पाँचथरको कुम्मायक गाउँपालिका-२ भन्ज्याङ बस्ने ५७ वर्षीय राजध्वज शेर्मालाई १ नाल भरुवा बन्दुक, १ थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ११ थान डेटोनेटर जस्तो देखिने बस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।           

यस सम्बन्धमा  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।    

प्रकाशित मिति : ५ पुष २०७७, आईतवार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।