एक सन्देश तिमीलाई
बुझ्न खुवाउन कोसिस गर्नु।
मानिस भनु या अरु प्राणीमा
बुझी राख्नु
जब सम्म सास रहन्छ।
तब सम्म आस रहन्छ।
कहि त्यार त कहि टकराव रहन्छ।
कतै रहि रहन्छ, युगौ युग सम्म पनि
अन्तर मन देखि नै सम्बन्ध रहन्छ।
खोजेर काहाँ पाइन्छ र न्यानो माया
कतै आन्मियताको अभाव रहन्छ।
चल्दै गर्दा कहिले यहा प्रसंसाको पथ पाइन्छ।
कहिले यहा रिस, डाहा, खिचतानीको वहाव पाइन्छ।
धेरै छन सच्चा मनले प्राथना गर्नेहरु पनि
कतै कतै भावना भित्रै पनि यहा दुर्भाव पाइन्छ।
सबै मान्छेले आसलाई मान्छे नै भएको दावी गर्छन।
पराई हुन कोही यहा तर उनीहरु आफ्नै वन्छन।
आफ्नो आफ्नो नै हो भनेर के गर्नु र यहा त,
सबै एक अर्कामै खिचतानी भै रहन्छन्।
कहि कहिले पिठयूको काहि खुसी पछाडी र हासिलो छुरा घोप्ने अनुहार पनि पनि भेटिन्छ देखिन्छ।।
तिमी सधै चलिरहनु आफ्नो पवित्र कर्म पथमा
जस्तो तिम्रो भाव छ। त्यस्तै तिम्रो प्रभाव लेखिन्छ।
राख्नुपर्छ स्वभावमा सधैं शुद्धताको स्पर्श तिमीले
एक दिन अवश्य जिन्दगीको स्वणीम पण्डाव भेटिन्छ ।















प्रतिक्रिया