अटुट सपनाहरु बोकी
आफ्ना सन्तानहरु प्रतिको जिम्मेवारी निभाउदै
सुखी भविष्यका लागि खुसी खोज्दै
काखमा लिई हुर्काउदै
ताते ताते गर्दै डोर्याउदै
खुट्टाले टेकेर हिडन्सिकाउनु भयो
कहिले काधमा चढाएर
मेला देखाउन लैजानु भयो
कहिले हाम्रै लागी पिठयूमा
चढाएर घोडा बन्नु भयो ।
यो भार तिर्न काहा सक्छु र
मलाई माफ गर्दिनु है वा ।
सयौँ ठाँउमा परेका प्वालहरु
टाल्दै लगाएका पूराना कपडाहरु
कसलाई सुनाउनु कसलाई भन्नु
मनभरिका पिडा ति कष्ट दुःखहरु
विसाउने चौतारी न त थिए होलान कोही दौतरी
आफ्नो खल्ती खालि नै किन नहोस
दिन्न र छैन कहिल्यै भन्नु भएन
संसारकै धनि त हजुर पो हुनुहुदो रहेछ ।
मलाई समस्यालाई चिनन्कहिल्यै भन्नु भएन
मलाई माफ गर्दिनु है वा ।
अझै पनि सारा पिर मर्का लुकाएर
खिस्स हास्नुहुन्छ ।
हिक्कमत कहिल्यै नहार्नु छोरा भन्दै
समाएर छातिमा टास्नुहुन्छ
मेरो साहारा हजूरको, हजुरको सहारा म
अझै सम्म वुझ्न सकेको छैन मैले
मलाई माफ गर्दिनु है बा ।
मलाई सधै सफलताको कामना गर्ने हजूर
त्यो उमेर त्यो शरिर त्यो अवस्थामा पनि
अझै पनि कहि केहि पर्यो भने मात्र
जीउ ज्यान दिएर सामना गर्ने हजूर
हजूरको यो छत्र छाया मैले कहिल्यै बुझिन
मलाई माफ गर्दिनु है बा ।
हजुरको खुसी र सेवाको लागी
आफ्नो सारा खुसी मेटाएर कर्म गरेकै छु ।
अझै कति सक्छु गर्छु, गराउछु सधै भरि
करले भनुन या रहरले
गरे नगरे जसले जे भने पनि
कसैको आशा र भरोसामा होइन ।
लोकचार र चाप्लुसीको भरमा होइन
सबैले झै मैले कहा त्याग्न्सक्छु र
सदा सर्वादा कर्तव्य निभाउने कोसीसमै छु
आफ्नो जिम्मेवारीबाट तर्कनेहरु तर्कदै जान्छन
वाहान बुन्नेहरु हजार बाहान छर्कदै जान्छन
विर्सनेहरु विर्सउन, आफ्नो कर्तव्य र धर्म
म कहिल्यै विर्सने छैन
कहिले काहि गोडा लागेता पनि ।
त्यस्तो कुनै गल्ती त गरिन होला
कदम कदापी गरेता पनि
मलाई माफ गर्दिनु है बा ।
बसः भगवान सँग यही छ प्रार्थना मेरो,
सधै सधै यसरी नै हासि खुसि रहिरहनु ।
यो जुनी मात्र होइन हजुर
हजारौँ हजार जुनि बाचिरहनु
यी पलहरु कहिल्यै सकिएर नजाओस
यो छोराले आशिवार्द सधै हजुरको पाइरहोस्
दौडदा दौडदै केही कुरा रहयो होला
बच्चा नै हजुरको त कमजोरी केही भयो होला
मलाई माफ गदिर्नु है बा !















प्रतिक्रिया