Logo

साहित्य

किन गर्छन छल यहाँ ? (कबिता)



म् हेर्छु अनि रमाउछु,
लामो सास फेर्दै अन्नन्द लिन्छु,
कती बिशल हिर्द्य भएको
मेरो शिर माथि निलो आकाश छ,
आकाश ले छल गरेको
मैले कहिलेही देखेको छैन ।

आकाश मुनि,
अफै बाटो बनाएर बगेका
नदिहरुले,
इमान छाडेको मैले
कहिले देखेको छैन,
तर पनि किन
अभिशप्त छ मान्छे,
किन बिशक्त छ मन ?
मैले कहिलेही बसन्तले
धर्म छाडेको देखेको छैन ।

हावाले बिस पोखेको
देखेको छैन ।
महुरिले अल्छी गरेको
देखेको छैन
कमिलाको शाहकार्य
उनको एकतामा
कहिलेही खुट्टा तानेको
देखेको छैन।

प्रकाशित मिति : ७ श्रावण २०७७, बुधबार १९:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।