युवराज सुवेदी
हाँसी खुसी बाँचेर सबैको मनमा परेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
गरुन हजारौ षडयन्त्र गरुन हजारौ पापहरु म माथि ।
सधै समाएर पूण्यको बाटो एकदिन मरेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
नहोस कहिल्यै पाप हानी म बाट नहोस भूल पनि कदापि ।
स्वार्थी यो दुनियामा मानविय सुगन्ध छरेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
अरुलाई रुवाएर आफ्नो सपना सजाउने बुझी राख्नु ।
कहिल्यै नसोच्नु जीवनमा वैतर्नि तरेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
सृष्टिको यो एउटा सुन्दर फुलवारी हाम्रो जीवन पनि फूल ।
नमर्ने गरि दिएर सुगन्ध सबको मनमा सरेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
लुटेरा पनि चिता माथि जलेर खरानी भएको देख्दा मरेर ।
मायाले सबै मानिसको भित्रि मन मुटु भरेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
प्रकृतिको सुन्दर उपहार फूल न हो मानिस फूल्छ, फल्छ, झर्छ ।
दुनिया रमाउन फूल जस्तै मेरो जीवनमा अनि झरेर जाने मन छ ।
छोडेर जादा सुन्दर धर्तिलाई केही त गरेर जाने मन छ ।
(युवराज सुवेदी युबा लेखक तथा अनुसंधानकर्ता हुन्)

प्रतिक्रिया