मान्छेले भगवान बस्ने मन्दिरको रुपमा बुझ्ने अस्पताल नै पछिल्लो समय काल बन्ने गरेका छन् । यसैको ज्वलन्त उदाहरणको रुपमा राजधानीको ग्रिनसिटी अस्पताललाई लिन सकिन्छ । एक पछि अर्काै गर्दै विरामीहरुसँग चर्काे रकम अशुल्ने र विरामी निको नहुने हुनाले पनि यस अस्पातलाई कालको अखडाको रुपमा लिनु पर्ने अवस्था सिर्जना भएको हो ।
पछिल्लो समय पत्रकार तथा कलाकार देव लामाको उपचार प्रकरणमा पत्रकार सम्मेलन नै गर्नु पर्ने अवस्था सिर्जना भएपछि उक्त अस्पतालको लुट र हेलचेक्र्याई बाहिरीएको हो । पीडित लामाको परिवारले पत्रकार सम्मेलन गर्दै उक्त अस्पतालले लामाबाट ४२ लाख रकम असुले पनि उपचार हुन नसकेको गुनासो गरेका छन् ।
उनीहरुले बताए अनुसार, टाउकोका बिरामी लामाको अप्रेशन गरेपछि ठिक हुुने अस्पतालले बताएपछि उनीहरुले चार महिनासम्म उक्त अस्पतालमा राखे । विरामी सन्चो हुने भएपछि उनीहरुले अस्पतालाई अप्रेशनको अनुमति समेत दिए । तर त्यतिका समय अस्पतालमा राख्दा लामा ठिक हुनुको सट्टा पूर्ण रुपमा अचेत र शारिरीक रुपमा अशक्त भएर निश्कनु पर्यो । अस्पतालले उनलाई डिस्चार्ज पत्र नदिएर नै अस्पतालबाट निकाल्यो ।
घटना के हो ?
पत्रकार तथा कलाकारितालाई पेसा बनाएका देव लामा २०७६ बैसाख ८ गते आफ्नै निवासको सौचालयमा लड्न पुगे । उनको टाउकोमा गहिरो चोट लाग्यो । परिवारले एम्बुलेन्स बोलाएर वीर अस्पताल लिन खोजे । तर एम्बुलेन्सले वीर अस्पताल लग्न मानेन जवरजस्ती ग्रिनसिटी अस्पतालमा लग्यो ।
धेरै पैसा खर्च हुने त्रासमा रहेका परिवारलाई अस्पतालले त्यति धेरै पैसा खर्च नहुने र उपचार पनि भर पर्दाे तरिकाले हुने बताएपछि उनीहरु आश्वस्त बने । देव लामा ठिक होलान् भनेर ढुक्क रहेका परिवारका सदस्यहरुमा त्यति बेला त्रास उत्पन्न भयो । जब आफ्नो भए भरको सम्पति सकियो । भए भरका गरगहना बेचिसकेपछि ऋण सापटी माग्ने आफन्त समेत सकिए । अस्पतालसँग यस विषयमा बारम्बार विवाद भयो । अस्पतालले आश्वस्त पार्न छाोडेन तर विरामी ठिक नभएपछि परिवारका सदस्य सञ्चार माध्यम गुहार्न बाध्य बनें ।
अब के हुन्छ ?
पत्रकार तथा कलाकार लामा परिवारका सदस्यले यस घटनाको निश्पक्ष छानवीन र लामाको उपचारको माग गरेका छन् । सम्बन्धी निकायहरुमा अस्पतालाई कार्बाहीको माग र उचित क्षति पूर्ति माग गरेका छन् ।
अस्पतालका केहि जिम्मेवार व्यक्तिहरुले आफूहरुलाई नबोल्न धम्की दिने गरेको पीडित परिवारले गुनासो गरेका छन् । यदि अस्पताल बेलैमा नसच्चिएमा जस्तो सुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत परिवारले जनाएका छन् । यससँग सम्बन्धीत सम्पूर्ण विल र अन्य प्रमाणहरु अनलाइनपाना डटकमसँग सुरक्षित रहेका छन् ।




















प्रतिक्रिया