पछिल्लो २४ घण्टामा नेपालमा थप ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २३,४१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १४० जनामा कोरोना भाइरस संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६,४९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया