Logo

प्रमुख समाचार

कोरोनाका कारण थप एककाे मृत्यु,मृतककाे संख्या ८० पुग्याे



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

१८ दिनदेखि आईसीयूमा राखेर उपचार हुँदै आएका उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा। सिंहले बताए । उनको गए राति निधन भएको हो ।

यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ११:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।