Logo

अर्थ

सुनको भाउ एकै दिन ६ हजार दुई सयले घट्यो



पछिल्लो केहि समय यता निरन्तर उकालो लागेको सुनको भाउमा भारी गिरावट आएको छ । बुधबार सुनको भाउ एकै दिन ६ हजार २ सयले घटेको छ ।

आज सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १२:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।