पछिल्लो केहि समय यता निरन्तर उकालो लागेको सुनको भाउमा भारी गिरावट आएको छ । बुधबार सुनको भाउ एकै दिन ६ हजार २ सयले घटेको छ ।
आज सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला २ सय २५ रुपैयाँले घटेर प्रतितोला एक हजार २ सय १० कायम भएको छ । मंगलबार नेपाली बजारमा चाँदीको बजारमूल्य एक हजार ४ सय ३५ कायम भएको थियो ।





















प्रतिक्रिया