Logo

अर्थ

सुन तस्कर र जाली नोट कारोबारी इल्ताफ पक्राउ



सुन तस्कर र जाली नाेट काराेबारकाे अभियोग लागेका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । १५ किलो सुन तथा दुई थान पेस्तोल सहित अन्सारीका सहयोगी र कारोबारी यसअघि पक्राउ परे पनि उनी फरार थिए ।

साउन १३ गे १३ सुन्धाराबाट प्रहरीको घुमुवा टोलीले पिछा गरेपछि अन्सारी भाग्न सफल भएका थिए । तर घटनाको पछिल्लो दिन मुख्य आरोपी निलेश सखिया, उनका सहयोगी विजय पटेल, कौशल पटेल र देवानसिंह पटेललाई पक्राउ परेका थिए । सोहि घटनाको अभियोगमा प्रहरीका दुई घुमुवा प्रशन्न श्रेष्ठ, बहादुरसिंह कठायत र सुन लुकाउन सघाउने बागबजारका मोबाइल पसल सञ्चालक उमेश श्रेष्ठ पक्राउ परिसकेका छन् ।

सुन प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी अन्सारीको रहेको प्रहरी स्रोतले जनाएको छ । अन्सारी यस अघि २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए ।

घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७७, बिहीबार १०:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।