Logo

प्रमुख समाचार

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित तीन वरिष्ठ चिकित्सकलाई कोरोना पुष्टि



भरतपुर अस्पताल चितवनका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ जना वरिष्ठ चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गए राति गरिएको कोरोना पीसीआर परीक्षणमा अस्पतालका सुपरिटेण्डेन्ट डा. तिवारी सहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी संक्रमित चिकित्सकहरुको अवस्था सामान्य रहेको जनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आईतवार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।