२०७६ कात्तिक मसान्तमा ११३६ रहेको नेप्से सूचकाङ्क २०७७ कात्तिक मसान्तमा १७१८.५ पुगेको छ । २०७७ असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.२३०२ अर्ब ७६ करोड पुगेको छ । २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।
२०७७ कात्तिकमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ३५ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४÷४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन् । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७३.३ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १५.० प्रतिशत रहेको छ ।
टण्। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७७ कात्तिकसम्ममा सूचीकृत ४ अर्ब ९४ करोड शेयरको चुक्ता मूल्य रु.४८४ अर्ब ८० करोड रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को चार महिनामा रु.१ खर्ब बराबरको विकास ऋणपत्र, रु.९ अर्ब ४५ करोड बराबरको साधारण शेयर, रु.५ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.४ अर्ब बराबरको डिबेन्चर, रु.२ अर्ब २ करोड बराबरको हकप्रद शेयर र ६५ करोड बराबरको म्युचअल फण्ड गरी कुल रु.१ खर्ब २१ अर्ब ६५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.९३ करोड ८६ लाख बराबरको साधारण शेयर, रु.५३ करोड ३७ लाख बराबरको हकप्रद शेयर र रु.५० करोड बराबरको म्युचअल फण्ड गरी कुल रु.५ अर्ब ४१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।





















प्रतिक्रिया