Logo

सुरक्षा/अपराध

कुटपिट गरी हत्या गर्ने एक पक्राउ



कैलालीमा आफ्नै श्रीमती ३७ वर्षीया लक्ष्मी ओडलाई कुटपिट गरी हत्या गरेको अभियोगमा जोशीपुर गाउँपालिका-७ लुहागड बस्ने ३७ वर्षीय गणेश ओडलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

गणेशले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।