Logo

सुरक्षा/अपराध

कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ



बाराको कलैया उपमहानगरपालिका-४ भरत चोकस्थित साह लजबाट कौडा खेलिरहेको अवस्थामा लज संचालक सोही उपमहानगरपालिका-५ कलैया बस्ने ४५ वर्षीय राजकिशोर साह लगायत ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनीहरूलाई कौडा खेलिरहेको अवस्थामा नगद ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ७ पुष २०७७, मंगलवार १६:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।