उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा शुरु गरिएको छ ।
नेपाल मेडिकल एसोसिएसन, रोटरी क्बल अफ काठमाडौं हेल्थ प्रोफेसनल्स, कलंकीस्थित नेपाल नेशनल अस्पताल, नेपाल स्काउट र उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को सहकार्यमा अस्पतालमा कार्यरत कर्मचारी तथा चिकित्सकको सहजताका लागि आयतबारदेखि निःशुल्क बससेवा शुरु गरिएको हो ।
बस बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म र साँझ ५ः३० बजेदेखि ७ः३० बजेसम्म चल्ने छ ।
बाँसबारीबाट शुरु हुने बस त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), कान्ति बाल अस्पताल, वीर अस्पताल, थापाथली अस्पताल हुँदै पाटन अस्पतालसम्म र अर्को बस पाटन अस्पतालदेखि शुरु भई थापाथली, आँखा अस्पताल त्रिपुरेश्वर, वीर अस्पताल, कान्ति बाल अस्पताल, टिचिङ अस्पताल हुँदै बाँसबारीसम्म र अर्को बस चक्रपथ परिक्रमा गर्ने बताइएको छ ।
















प्रतिक्रिया