नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र कलेज अफ बिजनेस म्यानेजमेन्टका बिचमा मासिक शूल्कमा सत प्रतिशत छात्रावृति दिने सम्बन्धमा सम्झौता गरेको छ । संघका सदस्य तथा उनीहरुको नजिकका नातेदारका छोराछोरीहरुलाई प्लस २ व्यवस्थापन संकायमा मासिक शुल्कमा सतप्रतिशत छात्रवृति दिनेगरी सम्झौता भएको हो ।
चार्टर्ड एकाउन्टेन्टहरुको समुहद्वारा संचालित सोही कलेज डिल्लीबजारमा अवस्थित रहेको छ । कलेजमा पाठ्यक्रमका अतिरिक्ति समसामयिक तथा प्राक्टिकल विधिबाट अध्यापन गराइदै आएको कलेजका प्रिन्सिपल प्रिन्सिपल सिए. सुमन न्यौपानेले बताए ।
साथै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ र बिज्हब आइटी सर्भिस प्रा.लि. को बिचमा समेत सम्झौता भएको छ ।
उक्त सम्झौतामा संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सदस्य बनाउने लक्ष्यअनुसार बढीमा २० प्रतिशतसम्म छुट मिल्ने गरी सदस्यहरुले अनलाइन प्लेटफर्म मार्फत कक्षा लिने व्यवस्था गरिएको छ
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । देशमा लेखाब्यवसायको संरक्षण एवम् सम्र्वदन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा ब्यबसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्ने उद्धेश्यका साथ संघको स्थापना गरिएको संस्थाले जनाएको छ ।
सम्पूर्ण संघका सदस्यहरुलाई अहिलेको कोभिडको महामारीमा पनि घरमै बसेर अनलाइन कक्षा लिन तथा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको सदस्यता लिन समेत टेवा पुग्ने विश्वास लिएको संघका उपाध्यक्ष रमेश धितालले बताएका छन् ।
संघले गरेको कोभिड सर्वेको प्रतिबेदन अनुसार चार्टर्ड एकाउन्टेन्ट सदस्यहरुको हितकालागि संघले कार्यहरु गरिरहेको धितालले बताएका छन् । बैंक तथा बित्तिय संस्थाहरुसंग बिना धितोमा प्रोफेश्नल कर्जा, बिशेष बैंकिङ्ग सेवाका लागि समेत सम्झौता भएको धितालले बताए ।


















प्रतिक्रिया