पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि तीन वाणिज्य बैंकहरुले लगानी जुटाएका छन् । संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरणमार्फत् लगानी जुटाइएको हो । सो आयोजना रिभर फल्स् पावरद्वारा प्रवद्र्धित छ ।
परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड रुपैयाँ र प्रभु बैंकबाट २५ करोड रुपैयाँ लगानी हुनेछ । साथै ३०५ स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने बताइएको छ ।
कम्पनीले सो आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ ।
आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।
सम्झौतामा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र कम्पनीको तर्फवाट कार्यकारी निर्देशक सुभाष अमात्य हस्ताक्षर गरेका छन् ।


















प्रतिक्रिया