सुनको मूल्यमा आज बुधबार १२ सयको गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजको लागि छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा निर्धारण गरेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ । यस दिन चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएको छ ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको थियो ।





















प्रतिक्रिया