Logo

अर्थ

विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क सम्झौता गरेर मात्र लिन राष्ट्र बैंकको निर्देशन



नेपाल राष्ट्र बैंकले विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क सम्झौता गरेर मात्र लिन निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा ग्राहकसँग लिने शुल्क सम्झौता गरेर मात्र लिनु पर्ने बैंकले जनाएको हो ।

राष्ट्र बैंकले पेमेन्ट तथा सेलमेन्टको एकीकृत निर्देशिका जारी गर्दै कार्डको अवधि समाप्त भएको १५ दिन अघि नै शुल्कसहितको जानकारी दिनुपर्ने व्यवस्था गरेको हो ।

बैंक वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार सञ्चालन गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जना सम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने निर्देशनमा उल्लेख छ ।

साथै सोही कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने नपाईने समेत बैंकले जानकारी गराएको छ । कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै ग्राहकलाई त्यसको सूचना दिनुपर्नेछ ।

कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्ने व्यवस्था निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।