Logo

सुरक्षा/अपराध

लागुऔषध सहित ३ जना पक्राउ



मोरङका दुई स्थानबाट लागुऔषध ओसार पसारमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
मंगलवार साँझ साँढे ६ बजे मोरङको रतुवामाई नगरपालिका-२ बाट २ जना र आज बिहान पौने ७ बजे बिराटनगर महानगरपलिका-१६ बाट १ जना पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ साँढे ६ बजे रतुवामाई नगरपालिका-२ डोरीयाबाट उर्लावारी नगरपालिका-७ का ३० बर्षीय नयन काजी राई र रतुवामाई नगरपालिका-५ का २१ बर्षीय धिरज पोखरेललाई नाईट्राभेट ६० ट्याब्लेट, डाईजेल्याब ४ एम्पुल, फेनारागन २ एम्पुल, फेनारामाईन २ एम्पुल र ब्रुफिनोफिन ४ एम्पुल सहित पक्राउ गरेको हो ।
 
यसैगरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आज बिहान पौने ७ बजे ईटहरी उप-महानगरपालिका-८ का २३ बर्षीय सुमन साह हलुवाईलाई लागुऔषध नाईट्राभेट ४० ट्याब्लेट र स्पास्मोप्रोक्सिवन ८ ट्याब्लेट सहित पक्राउ गरेको हो ।
 
पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 
 
 
 
 
 
 

प्रकाशित मिति : पुष ८, २०७७ बुधबार  १२ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।