Logo

अर्थ

नबिल ब्यालेन्स्ड फण्ड-२ र इक्वीटी फण्डको बुक क्लोज हुने मिति तय



नबिल ब्यालेन्स्ड फण्ड-२ र नबिल इक्वीटी फण्डको इकाइधनी दर्ता किताबको बन्द हुने मिति तय भएको छ । फण्डको भदौ २५ गते बन्द मिति तय भएको हो ।

नबिल म्यूचुअल फण्ड अन्तर्गतको दुई फण्डले लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् ।

नबिल ब्यालेन्स फण्ड-२ ले इकाइधनीहरुलाई ९ प्रतिशत र नबिल इक्वीटी फण्डका इकाइधनीहरुलाई ६ प्रतिशत प्रतिफल दिने भएको छ ।

यसको लागि भदौ २५ गते बुक क्लोज हुने भएको छ । भदौ २४ गतेसम्म इकाई खरिद गरी नामसारी गरेको इकाईधनीहरुले उक्त मुनाफा पाउने कम्पनीले जानकारी गराएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।