Logo

अर्थ

दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा रेष्टुरा सञ्चालन गर्न पाईने



आजदेखि टेक अवे तथा होम डेलिभरी बाट मात्र सेवा दिने गरि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ ।

नयाँ मापदण्डअनुसार दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाईनेछ ।

होटल तथा रेष्टुरेन्ट खोल्न पाईने छैन, तर भित्रै बनाएर अनलाईनमार्फत आएका अर्डरलाई टेक अवे अथवा हामेडेलिभरीको माध्यमबाट ग्राहकलाई बिक्री गर्न सकिन्छ ।

त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्छ ।

डेलीभरी गर्ने व्यक्ति वा टेक अवे सेवामा रहेका व्यक्तिको पीसीआर रिपोर्ट अनिवर्य नेगेटिभ हुनु पर्नेछ भने सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने बताईएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १५:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।