आजदेखि टेक अवे तथा होम डेलिभरी बाट मात्र सेवा दिने गरि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ ।
नयाँ मापदण्डअनुसार दिउँसो १ बजेदेखि बेलुकाको ७ बजेसम्म मात्रै होमडेलिभरी तथा टेक अवे सेवा प्रदान गर्न पाईनेछ ।
होटल तथा रेष्टुरेन्ट खोल्न पाईने छैन, तर भित्रै बनाएर अनलाईनमार्फत आएका अर्डरलाई टेक अवे अथवा हामेडेलिभरीको माध्यमबाट ग्राहकलाई बिक्री गर्न सकिन्छ ।
त्यस्ता सेवा दिन चाहने व्यवसायीले टेक अवेको साधन तथा होम डेलीभरीकर्ताको विवरण भने प्रशासनमा बुझाउनु पर्छ ।
डेलीभरी गर्ने व्यक्ति वा टेक अवे सेवामा रहेका व्यक्तिको पीसीआर रिपोर्ट अनिवर्य नेगेटिभ हुनु पर्नेछ भने सरकारको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालन गर्नुपर्ने बताईएको छ ।





















प्रतिक्रिया