महालक्ष्मी बैंकका ग्राहक तथा कर्मचारीले डायगनोस्टिक ल्याब्रोटरीसँग एक सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी लगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । जसअन्र्तगत बैंकका डेबिट कार्ड तथा मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५%, र कोरोना संव्रmमणको पिसिआर परिक्षणमा अधिकतम १५ % आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा बैंकका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ता ज्यूले हस्ताक्षर गरेका छन् ।






















प्रतिक्रिया