Logo

प्रमुख समाचार

कहाँ कहाँ के -के गर्याे काङग्रेसले सरकार विरुद्ध हेर्नुहोस् (ताजा अपडेट)



रामचन्द्रको जिल्लामा जोशिला युवा र अनुभवी बुढापाकाले भरियो सडक

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लामा जोशिला युवा र अनुभवी बुढापाकाले सडक भरिएका छन् । कम्युनिष्ट सरकारको विरुद्धको आन्दोलनको लागि विहानैदेखि सक्रिय रहेका काँग्रेसका युवादेखि बुढापाका कार्यकर्तासम्मको सहभागिताले सडकको माहोल झनै बढाएको छ ।

नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप तनहुँको दमौलीमा काँग्रेसले विशाल प्रदर्शन गरेको छ । हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। तनहुँमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।

काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

अर्घाखाँचीमा मुठ्ठी बाँधेर सडकमा उत्रिए काँग्रेस कार्यकर्ता 

अर्घाखाँचीमा काँग्रेस कार्यकर्ताहरु मुठ्ठी बाँधेर सडकमा उत्रिएका छन् । नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप अर्घाखाँचीको सदरमुकाम सन्निखर्कमा काँग्रेसले विशाल प्रदर्शन सुरु भएको हो। हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। अर्धाखाँचीमा काँग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेको नेतृत्वमा काँग्रेसले विरोध प्रदर्शन गर्दैछ । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन्। पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।

काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।

दुई तिहाइको दम्भका बिरुद्ध दार्चुलामा प्रदर्शन

अहिलेको सरकार दुई तिहाइको दम्भका साथ अगाडि बढेको भन्दै कांग्रेसले दार्चुलामा बृहत प्रदर्शन गरेको छ । बर्तमान सरकार बहुमतको दम्भ तथा अधिनायकवाद लाद्न खोजेको भन्दै सोमबार सरकार विरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरिएको हो ।

संसदीय मार्यादा कायम गर्न नसकेको, महंगी र भ्रष्टाचार बढाएको भन्दै कांग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अनुरुप  दार्चुलामा विरोध प्रदर्शन गरिएको नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सचिव हरक बिष्टले जानकारी दिए।

पार्टी कार्यालय बाट सुरु भएको विरोध र्‍याली सदरमुकाम परिक्रमा पछि नेपाल भारत जोड्ने झोलुङ्गे पुल खलंगा घाट बजार अगाडि पुगेर कोणसभा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति ललित सिह बोहराले बर्तमान सरकारले झुट्को खेती बाहेक अरु केही गर्न नसकेको आरोप लगाए ।

 उनले भने ‘सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन्। डा. गोविन्द केसीसंग भएका सम्झौता कार्यान्वयनमा समेत बिचाराधिन छ ,  महंगीले सिमा नाघी सक्यो , भ्रष्टाचार बढेको छ। त्यसैले सरकारले गरिरहेका जनविरोधी कामहरुलाई रोक्नका लागि दबाब दिन हामीले विरोध सुरु गरेका हौं।’

उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै कांग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। प्रदर्शनमा सभापति ललित सिह बोहरा, पुर्ब पार्टी सभापति महादेब बडु, कांग्रेस नेता बिक्रम सिह धामी , महाधिवेशन प्रतिनिधि उमेश खत्री,  नेबिसघ जिल्ला अध्यक्ष रमेश राज भट्ट लगायतले सम्बोधन गरेमा थिए । बिरोध र्यालिमा कांग्रेसका भात्री संघसंगठनका प्रतिनिधि , कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

धनुषामा २५ हजारभन्दा बढिको संख्यामा बृहत प्रदर्शन

प्रदेश नम्बर दुईको जनकपुरमा नेपाली कांग्रेस धनुषाले सोमवार बृहत विरोध प्रदर्शन गरेको छ ।  जुलुसलाई नेपाली कांग्रेसका उपसभापति  विमलेन्द्र निधि, केन्द्रिय सदस्य महेन्द्र यादव , रामकृष्ण यादवले सम्बोधन गरेको थिए ।

प्रदर्शनमा २५ हजारभन्दा बढिको संख्यामा बृहत विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले दाबी गरेका छन  ।

देशमा कम्युनिष्ट सर्वसतावादतर्फ उन्मुख भईरहेकोले सरकारको अलोकतान्त्रिक काम कारवाही विरुद्ध प्रदर्शन गरेका बताएका छन् । सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक बलजर्बजस्ती पारित गरिनु प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक राखि महत्वपुर्ण नियुक्तिहरु गरिनु लोकतान्त्रिक मुल्य र मान्यताको विपरित रहेको बताउंदै विधिको शासनको लागि जनसरोकारहरुको मुद्दामा केन्द्रित रही विशाल विरोध प्रदर्शन गरेका छन ।

देशमा बढदै गएको कालोबजारी, महंगी , भ्रष्टाचार , बलात्कार , अन्याय , अत्याचार र अनेकौं जनविरोधी निर्णयहरु विरुद्ध उभिन नेपाली कांग्रेसका कार्यकर्ताहरुले बृहत विरोध प्रदर्शन गरेका छन ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ११ : ४० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।