धनकुटा कांग्रेसले सरकार राज्य संचालन गर्न असफल रहेको बताएको छ । सोमबार धनकुटा कांग्रेसले सरकार विरोध प्रदर्शन गरि महंगी, भ्रष्टाचार, कर बृद्धी लगायत दिन प्रतिदिन सरकारले जवरजस्ती जनविरोधी निर्णयहरु गर्दै आएकोले सरकारको गरेको जनविरोधी निर्णयहरुले राज्य संचालन गर्न असफल भएको बताएको हो ।
नेपाली कांग्रेस धनकुटको पार्टी कार्यालय सहिद भिम नारायण स्मृती भवनबाट सुरु भएको विरोध र्याली बजारको विभिन्न भागहरुको परिक्रममा गरी धनकुटा बर्सपार्कमा पुगी सभामा परिणत भएको थियो ।
सभामा केन्द्रीय प्रतिनिधि तथा नेपाल ट्रेड युनियन कांग्रेसका निर्वतमान केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले दिन प्रतिदिन मंहगी, भ्रष्टाचार, बलात्कारको घट्ना बढ्दै गएको वताए । ओली सरकारले संसदीय प्रणालीलाईनै ध्वस्त बनाउदै लगेको जवर्जस्ती र असंबैधानिक अधिनायकबाट शैलीबाट अगाडी बढेकोले बाध्य भएर सडकमा उत्रनु परेको वताए ।
नेपाली कांग्रेस धनकुटका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको विरोध सभामा नेपाली कांग्रेस धनकुटाका उपसभाती नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राई लगायतले ओली सरकारको निर्णयहरुबाट सवै क्षेत्रका जनसमुदाय त्रसित र आतंकित बनाएकोले आन्दोलनमा उत्रिएकोले अव ओली सरकारको दिन गन्ती सुरु भएको वताए।
ओली सरकारको र धनकुटाका स्थानीय तहहरुको सकारले गरेको कर बृद्धी,महंगी,भ्र्ष्टाचारको विरुद्धमा धनकुटकाका सात वटै तहमा सशक्त सडक आन्दोलन गर्ने नेपाली कांग्रेस धनकुटकाका कोषाध्यक्ष दिनेश राईले वताए ।
निर्मलाको न्यायमा केन्द्रित रह्यो धनगढी कांग्रेसको विरोध
नेपाली कांग्रेस कैलालीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार पछि हत्याका अभियुक्तलाई पक्राउ गर्न नसकेको विरोधमा प्रदर्शन गरेको छ । निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाहीको माग सहित १६ मुद्दा उठाउदै कांग्रेसले धनगढी बजारमा प्रदर्शन गरेको हो ।
प्रदेश राजधानी समेत रहेको धनगढीमा कांग्रेलले अहिले सम्मकै ठुलो प्रदर्शन गरेको बताइएको छ । सरकारले प्रतिपक्षी खोजीरहेको बेला कांग्रेसले सडकबाटै प्रतिपक्षी रहेको आभास दिलाएको छ ।
जुम्लाको चिसोमा कांग्रेसले ततायो, सदरमुकाम कांग्रेसमय
नेपाली कांग्रेसले जुम्लाको चिसोमा कार्यकर्ता तताएको छ । जुम्ला सदरमुकाम खलङ्गामा कांग्रेसले विरोध प्रदर्शन गरेको छ । कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम खलङ्गामा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।
मुल्यवृद्धि बिरुद्ध औद्योगिक नगरी भैरहवामा उर्लियो कांग्रेस
चर्को मुल्यवृद्धि फिर्ता गर्न, राज्य आतंक बन्द गर्न,वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही लगायतका माग राखि नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । सोहि विरोधको पुर्व निर्धारित कार्यक्रम अन्तर्गत औद्योगिक नगरी भैरहवामा नेपाल कांग्रेसले प्रदर्शन गरेको छ ।
कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम रुपन्देहीमा बिशाल प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् । नेपाली कांग्रेस जिल्ला अध्यक्ष किरण कोइालाको नेतृत्वमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
बाँकेमा कांग्रेसको बृहत विरोध र्याली
नेपाली कांग्रेसले नेपालगञ्ज सदरमुकाम बाँकेमा बिशाल प्रदर्शन गरेको छ । कांग्रेस नेतासहित कार्यकर्ताले सदरमुकाम बाँकेमा बिशाल प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।
नेपाली कांग्रेस जिल्ला अध्यक्ष किरण कोइालाको नेतृत्वमा जिल्लाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । कार्यक्रमलाई अध्यक्ष कोइराला लगायतका जिल्ला नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
चीनलाई बुढीगण्डकी दिएको आक्रोश धादिङबेसीमा पोखियो, सरकारलाई चेतावनी
बुढीगण्डकीका प्रभावित क्षेत्र र डुवान क्षेत्रका बासिन्दासहितको सरकार विरुद्धको काँग्रेसको प्रदर्शनको क्रममा बुढीगण्डकी चीनलाई दिईएकोप्रति आक्रोश व्यक्त गरिएको छ । सोमबार धादिङबेसीमा भेला भएका काँग्रेस कार्यकर्ता र बुढीगण्डकी डुवान क्षेत्र तथा प्रभावित क्षेत्रका बासिन्दाहरुले चीनलाई बुढीगण्डकी बुझाईएकोमा आक्रोश व्यक्त गरेका छन् ।
नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा काँग्रेसले विशाल प्रदर्शन गरेको छ । हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले असफल भएको आरोप समेत लगाए। सरकारले चाहिने भन्दा नचाहिने विषयलाई धेरै प्राथमिकता दिएको भन्दै सरकारलाई खबरदारी गरेका छन् ।
उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। प्रदर्शनमा सभापति रमेश धमला, पुर्व सांसद रामनाथ अधिकारी, पुर्वमन्त्री दिलमान पाख्रिन, नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारी लगायतले सम्बोधन गरेका छन । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् । पार्टीले केन्द्रीय नेताहरुलाई जिल्ला जानको लागि निर्देशन भने जारी नगरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराए।
काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।
दैलेखको खलङ्गामा खर्लप्पै उर्लिए कांग्रेस
दैलेख सदरमुकाम खलङ्गामा नेपाल कांग्रेसले प्रदर्शन गरेको छ । सदरमुकाम खलङ्गामा कांग्रेस नेतासहित कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
नेपाली कांग्रेस जिल्ला अध्यक्ष कृष्ण बिसीको नेतृत्वमा जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।
चन्द्र भण्डारीको गुल्मीमा छपक्कै काँग्रेसी, सरकारलाई चेतावनी
काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीको गृहजिल्ला गुल्मीमा चारतारे काँग्रेस पार्टीको झण्डा र विभिन्न भातृ संस्थाको झण्डा बोकेका नेता तथा कार्यकर्ताहरुले गुल्मीको तम्घासलाई छपक्कै छोपेका छन् । सरकारको विरोधमा उर्लिएका यी काँग्रेस कार्यकर्ताहरुले प्रतिपक्षलाई वास्तै नगरी मनलाग्दी रुपमा काम गर्दै हिँडेको भन्दै सरकारलाई मर्यादामा रहन चेतावनी दिएका छन् ।
नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप गुल्मीको तम्घासमा काँग्रेसले विशाल प्रदर्शन गरेको छ । हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिपक्षीलाई देख्नै नचाहने र देशमा सुशासन कायम गर्न नसकेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले सरकारले सुरक्षा दिन नसकेकोसहित मर्यादामै नबसेको लगायतका १६ वटा आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो। सदरमुकाम तम्घासमा भएको यो प्रदर्शन पार्टी कार्यालय विपि स्मृति भवनबाट सुरुगरी बजार परिक्रमा गरिएको थियो । सो र्याली तम्घासको बालमन्दिरमा आएर कोणसभामा परिणत भएको छ । ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा गर्नका लागि सबै केन्द्रीय सदस्यहरु विभिन्न जिल्लामा गएका छन् ।
काँग्रेसले यसपटक काठमाडौं उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गर्ने भएको छ । यसअघि काठमाडौं उपत्यकामा एक ठाउँमा मात्रै कार्यक्रम हुँदै आएको थियो ।
कम्युनिष्टको गढ दोलखामा कांग्रेसको शक्ति प्रदर्शन
दोलखा : कम्युनिष्टको गढ मानिने दोलखमा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । सदरमुकाम चरीकोटमा कांग्रेसले हजारौको संख्यामा कार्यकर्ता उत्रारेर शक्ति प्रदर्शन गरेको हो ।
नेपाली कांग्रेस जिल्ला अध्यक्ष रुद्र खण्डालगायतका नेताहरुले चरीकोटमा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका व्यानर र झण्डासहित सडमा उत्रिएका छन् । सभालाई रुद्र खड्का, तरा बहादुर कोइराला, बर्मा लामा लगायतका जिल्लाका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
के के हुन् १६ वटा मुद्दा ?
कांग्रेसले १६ वटा मुद्दालाई सोमबारको विरोध सभामा उठाउँदै छ । उसले समसामयिक विषयका मुद्दा नै उठाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका आफ्ना मुद्दा नै छैनन् भनी ब्यङ्ग्य कस्दै आएका छन् ।
यही सेरोफेरोमा कांग्रेसले १६ मुद्दा उठाएको हो । ती मुद्दाहरु यस्ता छन्–
१, सरकारको अधिनायकवादको विरोध
२, संसदीय सर्वोच्चता कायम गर्न माग
३, सरकारको भ्रष्टाचार
४, राज्य आतंक बन्द गर्न माग
५, संसदीय मर्यादा पालना गर्न माग
६, हत्याहिंसा बन्द गर्न माग
७, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग
८, निर्मला पन्तका बलात्कारी र हत्यारालाई कार्वाही माग
९, डा गोविन्द केसीसंग भएका सम्झौता पूरा गर्न माग
१०, चर्को मुल्यवृद्धि फिर्ता गर्न माग
११, तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाही गर्न माग
१२, अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग
१३, सुशासन कायम गर्न माग
१४, विधिको शासनको पूर्ण पालना गर्न माग
१५, होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप
१६, राज्य संचालन पारदर्शी गर्न माग ।
प्रतिक्रिया