Logo

बैंकिङ

एसिएन लाईफको सिईओमा दिनेश श्रेष्ठ नियुक्त



एसिएन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेश लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको पुष ८ गते बसेको सञ्चालन समितिको बैठकले श्रेष्ठलाई सीईओको रुपमा नियुक्ति दिएको हो । उनले माघ १ गतेदेखि सुरु हुने उनको कार्यकाल चार वर्षका लागि रहने जनाइएको छ।

श्रेष्ठ यसअघि गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत थिए। बीमा समितिले स्विकृती दिएसँगै कम्पनीले आगामी चार वर्षका लागि श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो। श्रेष्ठले त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका छन्।

प्रकाशित मिति : ९ पुष २०७७, बिहीबार १२:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।