Logo

लुम्बिनी प्रदेश

रुइनिबाङको टावर पुन निर्माण हुँदै, गजुलमा पनि यथाशिघ्र चाडो गर्न सम्बन्धित निकायलाई अध्यक्ष घर्तीको आग्रह



सुनिलस्मृति गाउँपालिका वडा नं. ३ रुइनिबाङ स्थीत गत शुक्रवार अज्ञात समुहद्धारा बम विष्फोट गरि ध्वस्त पारिएको नेपाल टेलिकमको टावर निर्माण कार्य आजबाट शुरुहुने भएको छ ।

सोमबार नेपाल टेलिकम नेपालगञ्जको एक टोलिले घटना स्थलको अध्ययन गरि पुन निर्माण कार्य अगाडि बढाउने भएको हो । उक्त विष्फोटबाट एक करोड बराबरको क्षति भएको अध्ययन टोलिले बताएको छ । सोमबार नेपाल टेलिकम नेपालगञ्जको टिम र सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती विच भएको छलफल पछि उक्त टावर निर्माण कार्यलाई अगाडि बढाउन लागिएको हो ।

छलफलका क्रममा अध्यक्ष घर्तीले भने, उक्त घटनाले मलाई एकदमै दुखी बनाएको छ । यहाँका जनता हाललाई सञ्चार विहिन हुनु परेको छ, मानिसहरु बरु एक दुइ छाक खाना नखाएर बाच्न सक्छन् तर केहि समयमात्र मोवाइलमा नेटर्वक नहुने हो भने पानि विनाको माछा झै तड्पिने स्थीति भएको छ त्यसैले उक्त टावर निर्माण कार्यलाई अगाडि बढाउनुस् यहाँको सुरक्षा व्यवस्था मिलाउने जिम्मा मेरो भयो ।

त्यसैगरि अध्यक्ष घर्तीले भने सोहि दिन गजुलमा रहेको एनसेल टावरमाथि पनि अज्ञात समुहले बम विष्फोट गरि क्षति पु¥याएको छ सो घटना प्रति पनि मेरो आपति रहेको हुँदा, यथाशिघ्र चाडोँ उक्त टावर निर्माणका लागि पनि म सम्बन्धित निकाएलाई अनुरोध गर्न चाहान्छु ।

सञ्चार क्षेत्रमा रमाउन बानि परेका यहाँ बासिन्दाहरुलाई पुनः फेरी टावर निर्माण कार्य सम्पन्न गरि सञ्चारको पहुँचमा ल्याउनुहोस् यहाँको सुरक्षा व्यवस्था गाउँपालिका लिन्छ अध्यक्ष घर्तीले बताएका अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  ९ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।