Logo

मधेश प्रदेश

सरकारलाई घुडा टेकायौं भन्दै सिके राउतका कार्यकताले गरे प्रदर्शन



सरकारलाई घुडा टेकाएर ऐतिहासिक सफता हासिल गरेको भन्दै डा. सीके राउत नेतृत्वको नवगठित जनमत पार्टीले लहानमा प्रदर्शन गरेको छ । मंगलबार सरकारसंग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै डा. राउतले नागरिक अभिनन्दन गर्ने कार्यक्रम भनिएपनि प्रर्दशन मात्र गरिएको छ ।

प्रदर्शनका क्रममा डा. राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका छन् । अलग मधेसको मुद्दा छाडेपछि राउतका समर्थक घटेको र प्रदर्शन पनि फितलो भएको स्थानीय बताउँछन् ।

यसले सिके राउत लाई ठुलो चोट पुगेको छ । उनको रााजनितीलाई असफल बनाउनका लागि अहिले डा. र।ााउतका तत्कालिन संरक्षक नै लागिपरेका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलवार ११:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।