Logo

अन्तर्राष्ट्रिय

पूर्वोत्तर भारतमा भाजपालाई झड्का, २ दिनमा २३ जनाले छाडे पार्टी



भारतीय जनता पार्टी (भाजपा)लाई पूर्वोत्त र भारतमा ठूलो झड्का लागेको छ । त्यहाँ २ दिनमा २३ शीर्ष नेताहरुले भाजपा छाडेका छन् ।

अरुणाचल प्रदेशमा मात्र २ मन्त्री, ६ सांसदसहित २० नेताहरुले भाजपा छाडेका हुन् । उनीहरु नेशनल पिपल्स पार्टी (एनपीपी) प्रवेश गरेका छन् । अरुणाचलका गृहमन्त्री कुमार वाई, पर्यटन मन्त्री जरकार गामलिन, भाजपा महासचिव जरपुम गामबिनले पार्टी छाडेका हुन् ।

६० सदस्यीय विधान सभामा भाजपासँग अझै ४० सांसद छन् । गत आइतबार नै भाजपाले राज्य विधानसभाका लागि ५४ सिटमा आफ्नो उम्मेदवारी घोषणा गरेको थियो । अरुणाचलमा ११ अप्रिलमा २ लोकसभा सिटका साथ विधानसभा चुनावका लागि मतदान हुँदैछ ।

भाजपाका सांसद प्रवेश गरेको एनपीपीले अरुणाचलमा कम्तीमा पनि ४० सिटमा उम्मेदवारी दिने बताएको छ । हाल अरुणाचलमा एनपीपी र भाजपा गठबन्धनको सरकार छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार ०७:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।