पाकिस्तानी अदालतले एकजना सून्दरीलाई जेल ८ वर्ष जेल सजाय तोकेको छ । चेक रिपब्लिकबाट मोडलिङ गर्न पाकिस्तान आएकी २१ वर्षीया तेरेजा लुस्कोभालाई लागुऔषधसहित पक्राउ परेपछि उनीविरुद्ध यहाँको अदालतले जेलसजाय तोकेको हो ।
उनले ठूलो परिमाणमा हेरोइन बोकेर ल्याएको अवस्थामा पक्राउ परेकाले लाहोरको अदालतले बुधबार ८ वर्ष ८ महिनाको जेलसजाय सुनाएको छ । सन् २०१८ जनवरी १० मा पक्राउ परेकी चेक मोडेलविरुद्ध यहाँको सरकारले मुद्दा दायर गरेको थियो । अबुधाबीका लागि उड्ने क्रममा उनी लागुऔषधसहित पक्राउ परेकी थिइन् ।-एजेन्सी




















प्रतिक्रिया