Logo

अन्तर्राष्ट्रिय

इराकको टिगरिस नदीमा डुंगा डुब्दा एक सय जनाको मृत्यु



 

इराक । इराकको मोशुल शहरमा रहेको टिगरिस नदीमा डुंगा दुर्घटना हुँदा एक सय जनाको मृत्यु भएको छ । नदीमा डुंगा डुब्दा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । ५५ जनाको भने सकुशल उद्दार गरिएको छ ।

नजिकैको टापुमा घुम्नका लागि जाने क्रममा दुई सय जना सवार डुंगा डुबेको हो । मोसुल बाँधको ढोका खोलिएका कारणटिगरिस नदिमा पानीको वहाब बढेर डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । प्रशासनले नदीमा पानीको बहाव बढेकाले त्यसतर्फ नजान चेतावनी दिएकै समयमा दुर्घटना भएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार ०१:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।