Logo

अन्तर्राष्ट्रिय

फेसबुकमा स्टाटस सेयर गरेको आरोपमा सात शिक्षक निलम्बित 



पुववामा घटनालाई लिएर भारत–पाकिस्तानबीचको तनाव अझै कम हुन सकेको छैन । दुई देशबीच तनाव कायमै रहेका बेला यो घटनासँग जोडिएका अन्य घटनाहरु पनि सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा पुलुवामा आक्रमणका बारेमा फेसबुकमा लेखिएको स्टाटस सेयर गरेको आरोपमा भारतमा सात शिक्षकलाई निलम्बित गरिएको छ ।

इन्डियन एक्सप्रेसका अनुसार पुलवामा आक्रमणसँग सम्बन्धित स्टाटस फेसबुकमा सेयर गरेको आरोपमा उत्तर प्रदेशका सात शिक्षकलाई निलम्बित गरिएको हो ।

पुलवामा आक्रमणका विषयमा प्रश्न उठाउने, पाकिस्तानी प्रधानमन्त्री इमरान खानको प्रसंशा गरेको, सरकारको टिप्पणी गरेको उनीहरुमाथि आरोप लागेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलवार ०३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।