१० जेष्ठ २०८२, शनिबार । May 25, 2025
Logo
  • मुख्य पाना
  • राजनीति
  • कर्पोरेट फोकस
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • सेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • भिडियो
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि
  • English
  • ११ जेष्ठ २०८२, आईतवार
Logo
  • मुख्य पाना
  • विचार / ब्लग
  • अन्तर्वार्ता
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ
    • बैंकिंग
    • शेयर बजार
    • अटो
    • इन्स्योरेन्स
    • उधोग
  • कर्पोरेट फोकस
  • कर्पोरेट टक
  • राजनीति
  • अनलाइनपाना खोज
  • मनोरञ्जन
  • खेलकुद
  • विविध
    • टिप्पणी
    • फोटो फिचर
    • विचार/ब्लग
    • शृंगार
    • रोजगार
    • धर्म / संस्कृति
    • शिक्षा
    • सुरक्षा / अपराध
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • सूचना र प्रबिधि

कर्पोरेट फोकस

पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु


अनलाइनपाना

१२ पुष २०७७, आईतवार १०:५०  

0
Shares

सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो ।
 
एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा पर्यटकको स्वागत र बिदाइका शृङ्खला चल्थे । स्थानीय पर्यटकीय क्षेत्र भरिभराउ हुन्थे र पर्यटन व्यवसायी पनि भ्याइनभ्याइ पर्यटकीय गतिविधिका कार्यक्रममा सामेल रहन्थे । एकै वर्ष दुईदेखि तीन पर्यटन महोत्सव लाग्ने इलाममा यो बेला झनै महोत्सवैमहोत्सव हुन्थ्यो होला तर अहिले यसको ठीकविपरीत भइरहेको छ । जिल्लामा अहिले न महोत्सव छन्, न पर्यटन प्रवद्र्धनका गतिविधि । प्रवद्र्धनका भएका कार्यक्रम पनि चासो र तामझामसहितका छैनन् ।
 
कोरोनापछि पर्यटन व्यवसाय यति खस्कियो कि पर्यटन सूचना केन्द्रले गणना गर्नसमेत सकेन । झापा र इलामको सीमावर्ती क्षेत्र जोरकलशमा सधैँ पर्यटकको गणनाका लागि कुर्सी राखिन्थ्यो । इलाम पस्नेदेखि पाँचथर र ताप्लेजुङसम्म पुग्ने पर्यटकको सङ्ख्या रजिस्टरमा चढाएर पर्यटक भित्र्याइन्थ्यो तर कोरोनाले यो शृङ्खला टुटाइदियो । चैतको पहिलो साता शुरु भएको बन्दाबन्दीले पर्यटक गणना गर्न सकिएन । पुसको शुरुबाट गणना शुरु त गरिएको छ तर अपेक्षाकृत पर्यटक छैनन् । सूचना अधिकारी गगन घिमिरेका अनुसार सदाजस्तो पर्यटक यस वर्ष आएका छैनन् ।
 
सूचना केन्द्रले ठूला सवारी (बस र ट्याक्सी) मा सवार पर्यटकको सङ्ख्या राख्छ । कोरोनाका कारण सुरक्षाका मापदण्ड मान्न नसक्दा पर्यटक नआएको घिमिरेको बुझाइ छ । विशेषतः इलाम घुम्न आउने पर्यटकको रोजाइमा श्रीअन्तु, कन्याम र सन्दकपुर र माईपोखरी पर्छन् । सूर्योदय र सूर्यास्तका लागि नेपालकै उत्कृष्ट श्रीअन्तुमा विगत वर्षमा पर्यटकको बाक्लो सङ्ख्यामा आगमन हुन्थ्यो । हरियो चियाबारी घुम्न र मनोरम क्षेत्र अवलोकनका लागि कन्याम आउनेको सङ्ख्या पनि कम हुँदैन थियो । सरकारले बन्दाबन्दी खोलेपछि पर्यटन व्यवसायीले पनि केही कोरोनाका मापदण्ड तोकेर पर्यटकलाई स्वागत गर्ने योजना बनाए ।
 
मुख्य पर्यटकीय क्षेत्रमा पर्यटक आए तर सदाजस्तो पर्यटक नहुँदाचाहिँ प्रवद्र्धनका कार्यक्रम कम भएको श्रीअन्तुका पर्यटन व्यवसायी रुद्र घिमिरेको भनाइ छ । त्यसो त अन्तुमा दशैँपछि पर्यटकको सङ्ख्या धेरै कम त छैन तर प्रवद्र्धनका कार्यक्रम ल्याएको भए विगतमा झैँ पर्यटक आउने अनुमान घिमिरेको छ । गएको वर्ष एक लाख २० हजार पर्यटक इलाम भित्रिएको सूचना केन्द्रको तथ्याङ्क छ । परिस्थिति सामान्य रहँदै पनि लक्ष्यअुनसार पर्यटक आउने सम्भावना कम थियो । कोरोनापछि त लक्ष्य पूरा हुने अनिश्चित छ । विषम परिस्थितिकै कारण सरकारले भ्रमण वर्षसमेत खारेज गर्यो भने कार्यक्रम पनि स्थगन भए ।
 
अब भने पर्यटन व्यवसायीको चासो पर्यटकीय गतिविधि कसरी सामान्य बनाउनेतर्फ गएको छ । त्यसै पनि पर्यटनसँग जोडिएका होटल, घरवासमा कोरोनाको प्रभाव नराम्ररी परेको छ । सञ्चालन गर्न नसक्दा कतिपय होटल÷घरवासमा ताल्चा लागेका छन् । सरकारले पर्यटकीय क्षेत्रमा ‘बिग प्याकेज’ नल्याएमा पर्यटन क्षेत्र उठ्न नसक्ने इलाम पर्यटन प्रवद्र्धन विकास समितिका देवी पौड्याल बताउनुहुन्छ । उहाँका अनुसार स्थानीय तहले पर्यटकीय गतिविधि बढाउन पर्यटकीय क्षेत्र निश्चित नगरेकाले पनि काम गर्न असहज भइरहेको छ । “जुनसुकै ठाउँको पनि पर्यटन प्रवद्र्धन भनेको छ । देखाएको मात्र छ । केही क्षेत्र तोकेको भए व्यवस्थापन गर्न सहज हुन्थ्यो”, पौड्यालले भन्नुभयो, “स्थानीय तहले मुख्य पर्यटकीय क्षेत्रलाई तोक्नुपर्यो । त्यहीअनुसार अघि बढ्न सकिन्छ । नभए पर्यटकीय क्षेत्र उठ्न सहज छैन ।” स्थानीय तहले पर्यटकीय क्षेत्रमा अपेक्षाकृत कार्यक्रम नल्याएकाले पर्यटकीय क्षेत्र उठ्न नसकेको पौड्यालको तर्क छ ।
 
पछिल्लो समय इलामका नयाँ पर्यटकीय क्षेत्रमा पनि पर्यटकको आकर्षण बढ्दै गएको छ । पानीटार, दिदीबहिनी झरना, झण्डीडाँडालगायतका क्षेत्र पनि पर्यटकका रोजाइका क्षेत्र बन्दै गएका छन् । कतिपय क्षेत्रमा चलचित्र र म्युजिक भिडियो खिच्ने टोलीका कारण पनि चर्चा आउन थालेका छन् तर पर्यटकीय क्षेत्रमा स्थानीय सरकारको उपस्थिति भने नगन्य रहेको देखिन्छ ।रासस 

Related

प्रकाशित मिति : १२ पुष २०७७, आईतवार १०:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।

प्रतिक्रिया

अनलाइनपाना

लेखकबाट थप

  • निष्पक्ष अनुसन्धानलाई सघाउन आग्रह गर्दै रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
  • रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
  • गर्भावस्थामा ब्लड प्रेसर र चिनी बढ्यो भने ज्यानै जोखिममा पर्न सक्छ : यस्ता छन् लक्षण र बच्ने उपायहरू
  • शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
  • भिजिट भिषामा संलग्नता पुष्टी भए राजनीतिवाट सन्यास लिन्छु : गृहमन्त्री

थप समाचार

नुनको कारोबार अब व्यवसायी माफियाको हातमा

कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

सीजी हस्पिटालिटीले सुरु गर्यो ‘सिरिज बाइ मेरियट’ होटल श्रृंखला

कामना सेवा विकास बैंकद्धारा अनलाइन खाता खोल्ने प्रक्रिया सार्वजनिक, डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात

विचार

‘नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेल सबैका

नारायण प्रसाद अधिकारी

भारत र पाकिस्तानको युद्धले नेपालसहित दक्षिण

डा. केदार कार्की

जनप्रतिनिधि

प्रधानमन्त्रीमाथि बालेनको प्रहार : सरी केपी

अनलाइनपाना

सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल

अनलाइनपाना
onlinepanacom

ताजा समाचार

१.
निष्पक्ष अनुसन्धानलाई सघाउन आग्रह गर्दै रास्वपाले माग्यो गृहमन्त्री लेखकको राजीनामा
२.
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
३.
गर्भावस्थामा ब्लड प्रेसर र चिनी बढ्यो भने ज्यानै जोखिममा पर्न सक्छ : यस्ता छन् लक्षण र बच्ने उपायहरू
४.
शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान
५.
भिजिट भिषामा संलग्नता पुष्टी भए राजनीतिवाट सन्यास लिन्छु : गृहमन्त्री
६.
अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
७.
भिजिट भिसाको नाममा भएको मानव तस्करीमा सरकारकै संलग्नता छ : प्रभु साह

कर्पोरेट फोकस

नुनको कारोबार अब व्यवसायी माफियाको हातमा

कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

सीजी हस्पिटालिटीले सुरु गर्यो ‘सिरिज बाइ मेरियट’ होटल श्रृंखला

कामना सेवा विकास बैंकद्धारा अनलाइन खाता खोल्ने प्रक्रिया सार्वजनिक, डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात

  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • सम्पादकीय
  • टिप्पणी
  • अर्थ
  • प्रदेश
  • खेलकुद
  • मनोरञ्जन
मुख्य कार्यालय

अनामनगर-२९, काठमाडाैँ

०१-४७७१३३९

[email protected]

चेन्ज नेपाल ग्रुप अफ कम्पनी प्रा.लि,

सूचना विभाग दर्ता नं.: १४४६ / ०७३–७४

विज्ञापनका लागि

९८४९६५९५१६

[email protected]

निर्देशक

दीपक शर्मा

प्रधान सम्पादक

नारायण प्रसाद अधिकारी


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • Privacy Policy
  • यूनिकोड
©2025 Nepal'S Largest Digital Online Newspaper (Magazine) सर्वाधिकार सुरक्षित Onlinepana.com

Search